December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

शौचालय जाने क्रममा लडेर रुपन्देहीमा वडाध्यक्षको मृत्यु

बुटवल — शौचालय जाने क्रममा लडेर रुपन्देहीमा वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको हो ।

Advertisement

आफ्नै घरको शौचालय जाने क्रममा उनी सोमबार दिउँसो लडेर घाइते भएका थिए । लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो ।

तर अस्पतालमा पुर्‍याइसक्दा उनको मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।