December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

विवादपछि काँग्रेस रुपन्देही क्षेत्र नम्बर तीनको मतदान स्थगित

भैरहवा- विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि काँग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।

Advertisement

देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ ।प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताए ।

उनले भने, ‘निर्वाचनका लागि मुचुल्कामा हस्ताक्षर गरेपछि पनि ढिलो गरी सुरु भयो भनेर एक पक्ष हिँडेपछि हामीले स्थगित गरेका हौं ।’

पौडेल पक्षले भने पत्रकार सम्मेलन गरी साँझपरेपछि आफूहरु असुरक्षित हुने भएकाले मतदान प्रक्रियामा सहभागी नभएको बताएको छ ।

क्षेत्रीय सभापतिका उम्मेदवार मातृकाप्रसाद यादवले प्रदेशको निर्वाचनमा आफ्नो पक्षमाथि हातपात भएकाले साँझ पर्दा आफूहरु असुरक्षित हुने हुँदा बहिष्कार गरिएको बताए । देउवा पक्षले भने मतदान प्रक्रिया सुरु गर्न माग गर्दै नाराबाजी गरेको छ ।