March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

चार महिनामै फेरिए लुम्बिनीका डीआइजी

भैरहवा– लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआइजी) चार महिनामा फेरिएको छन् । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको चार महिनामै सरुवा गरेको हो ।

Advertisement

उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको छ । आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ ।

Advertisement

आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको थियो । आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्स्पेक्टर कपिल वाग्लेले मृत्यु रोजेको आरोप प्रहरी वृत्तमा छ ।

साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो । त्यसपछि आचार्य विवादमा तानिएका थिए । यस्तै, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी गोली लागेर चार जनाको मृत्यु पछि पनि उनीमाथि प्रश्न उठेको थियो ।