March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दाङमा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङ– स्काभेटर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका–५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

दुर्घटनामा सहचालक बर्दिया गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

Advertisement