March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राप्रपा लुम्बिनी प्रदेश अध्यक्षमा उदय निर्वाचित

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप उदय निर्वाचित भएका छन् । उनी २ सय ५६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भए । अध्यक्षका प्रतिस्पर्धी ऋषिराज देवकोटाले १ सय ९४ मत मात्र प्राप्त गरे । उदय रुपन्देहीका हुन् भने देवकोटा बाँके निवासी हुन् ।

Advertisement

यसअघि उदय पार्टीको लुम्बिनी प्रदेश तदर्थ समिति अध्यक्ष भएर काम गर्दै आएका थिए । अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो । भैरहवामा दुई दिनसम्म चलेको राप्रपाको प्रथम अधिवेशनमा ५२४ मतदाता रहेकामा ४८४ मत खसेको थियो । ३४ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत दिलिपकुमार मल्लिकले जानकारी दिए ।

Advertisement

निर्वाचन समितिकाअनुसार अधिवेशनबाट ३२ जना प्रदेश सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्वप्रकाश श्रेष्ठ सर्वसम्मत भएका छन् ।

बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेशबहादुर सिंह, विष्णुसिंह ठकुरी, तिलकबहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा केसी, नरबहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरिया, सइद अहमद शाह, कनिज फातमा र सर्वसम्मत प्रदेश सदस्य निर्वाचित भएका छन् ।

यस्तै अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देवविक्रम शाह, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुन, पाल्पाका भोजेन्द्रबहादुर कुँवर, तेजप्रसाद पाण्डे, दाङका भुपाल रावत, प्याउली केसी, हिरालाल खड्का, गेहेन्द्रबहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय केसी, यज्ञराज पाण्डे सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीका अनुसार अध्यक्षले २५ प्रतिशत सदस्य मनोनित गरेपछि बस्ने पूर्ण बैठकले प्रदेश समितिका पदाधिकारी चयन गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।