December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

कपिलवस्तुको हैजा प्रभावित क्षेत्रमा खोप दिइने

कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका नगरिकलाई सरकारले  ‘ओरल कलेरा भ्याक्सिन’ दिने भएको छ।

Advertisement

आज (आइतबार) २ लाख ५२ हजार डोज ओरल कलेरा भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो।

स्वासथ्य मन्त्रालयका अनुसार खोप अर्को हप्ताबाट कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका नगरिकलाई दिइने छ।

उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ।

केही साताअघिदेखि कपिलवस्तुमा फैलिएको हैजा हालसम्म १ हजार ३६२ जनालाई देखिएको छ। जसमध्ये १ हजार ३५६ जना निको भएका छन्।

यस्तै ६ जना उपचाररत छन् भने समयमै उपचार नपाउँदा  ६ जनाले ज्यान गुमाएका छन्।

लक्षित समूह कति ?

मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लाको कृष्णनगरमा ६० हजार ७४३, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराज नगरपालिकामा ६४ हजार ७७८ जना, बिजयनगरमा ३५ हजार९०३ जना र यसोधरामा ३७ हजार ७८३ जना गरी कुल २ लाख ५२ हजार ३६३ जना छन्।