December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बुटवलमा २७० मुद्दा मेलमिलापबाटै निरुपण

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले हालसम्म २७० वटा मुद्दाको मेलमिलापबाटै निरुपण गरेको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यले धेरै मुद्दा यही निरुपण गरिएको बताइन् ।

सम्बन्ध विच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका २७० मुद्दाहरु न्यायिक समितिले मेलमिलापबाट निरुपण गरेको उपमहानगरपालिकाले जनाएको छ । तीन सय अन्य मुद्दाहरु भने अदालत पठाइएको छ ।

समितिका कामलाई प्रभावकारी बनाएपछि दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाट टुंगो लगाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए । पीडितका निवेदनका आधारमा आरोपितलाई समेत उपस्थित बनाएर विभिन्न चरणमा मेलमिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाहरूको समाधान सहज भएको आचार्यले बताइन् ।

Advertisement