December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

राष्ट्रपतिद्वारा गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति अनावरण

भैरहवा– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्ति अनावरण गरेकी छन् । स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले विमानस्थलमा राख्नका लागि म्यानमारबाट मूर्ति यहाँ ल्याएको थियो ।

Advertisement

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको उक्त मूर्ति राष्ट्रपति भण्डारीले आइतबार अनावरण गरेकी हुन् ।

मूर्ति अनावरण कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सहभागी छन् ।

यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, स्पनेका क्षेत्रीय सभाका सभामुख बलान्का मार्टिन डेल्गाडो, लुम्बिनी गार्डेन फाउण्डेसनका पदाधिकारी, प्रदेशसभाका सदस्यलगायत देश विदेशका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।

भण्डारीले आजै लुम्बिनीस्थित नेपाल परम्परागत बौद्ध धर्म संघले निर्माण गरेको नेपाल बज्रयान महाबिहारको उद्घाटन गरेकी थिइन् । यस्तै, उनले लुम्बिनी गुरुयोजना बारे जानकारी लिएकी थिइन् । यस्तै उनले निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल एवं बौद्ध ध्यान केन्द्रको निरीक्षणसमेत गरेकी थिइन् ।