December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

राष्ट्रपति भण्डारी लुम्बिनीमा

लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन् । केही समयअघि हेलिकोप्टरमार्फत् उनी लुम्बिनी आएकी हुन् । लुम्बिनीमा नेपाल परम्परागत बौद्ध धर्म संघले जनस्तरबाट सहयोग रकम उठाएर निर्माण गरेको नेपाल बज्रयान महाबिहार उद्घाटन गर्न राष्ट्रपति यहाँ आएकी हुन् ।

Advertisement

उनले यहाँ आएर बज्रयान विहार पुजाअर्चनासमेत गरेकी छन् । परम्परागत तथा बौद्ध कला–संस्कृति झल्कने नेपाली बिहार यहाँ निर्माण गरिएको छ । उनले केही समयमा उक्त विहार उद्घाटन गर्ने छिन् ।

बिहार उद्घाटन पछि राष्ट्रपति भण्डारी मायादेवी मन्दिर दर्शन र प्रार्थना गर्ने कार्यक्रम तय भएको छ । उनले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल एवं बौद्ध ध्यान केन्द्रको अवलोकसमेत गर्ने छिन् । यसपछि भण्डारीले लुम्बिनी विकास गुरुयोजनाको प्रगतिबारे जानकारी लिने जनाइएको छ ।

लुम्बिनी पछि राष्ट्रपति भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ । राष्ट्रपति लुम्बिनीमा आएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्रीहरु, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा सदस्यहरु, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री लिला गिरी, कोषका सदस्यसचिव सानुराजा शाक्य, विकास कोषका सदस्यहरुलगायतले स्वागत गरेका थिए ।