December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३९ पुग्यो

बाँके– बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३९ जना पुगेको छ। गएराति भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या साढे तीन सय नजिक पुगेको हो ।

Advertisement

जिल्ला स्तरीय कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–५ की ६३ वर्षीया महिला छन् ।

कात्तिक ९ गते भेरी अस्पतालमा भर्ना गराएकी उनलाई १० गते पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उनको गएराति १०ः३० बजे मृत्यु भएको वलीले बताए ।

पछिल्ला दिनहरुमा नेपालमा संक्रमण घटेजस्तै देखिए पनि जिल्लामा अझै कोरोना संक्रमित भेटिइरहेका छन् । योसँगै मृतक पनि बढीरहेका छन् ।