December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

तुलसीपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जनाएअनुसार घोराहीबाट तुलसीपुर गइरहेको ना ६ ख ७६३३ बस दुर्घटना भएको हो ।

Advertisement

मृत्यु हुनेका घोराही उपमहानगरपालिका-१० कटुकी बस्ने २८ वर्षका प्रेम परियार रहेका छन्।

बसमा सवार २१ जना यात्रु घाइते भएका छ्न्।

घाइतेको तुलसीपुर अस्पतालमा उपचार हुँदैछ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।