December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

पानीमा डुवेको अवस्थामा पाँच जना मृत फेला

भैरहवा– लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा गरी ५ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार पाल्पा, कपिलवस्तु र नवलपरासी (पूर्व) मा गरि पानीमा डुबेको अवस्थामा ५ जना मानिसको शव भेटिएको हो ।

Advertisement

कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता पाल्पा प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला पारेको छ ।

नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।

त्यस्तै सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।