December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

लुम्बिनी प्रदेशका कुन–कुन अस्पतालमा हुन्छ कोरोनाको निःशुल्क उपचार ?

भैरहवा– सरकारले कोभिड–१९ संक्रमितको उपचारका लागि मुलुकभर ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरिरहेको छ ।

Advertisement

देशभर कोभिड केयर युनिट सञ्चालनमा रहेका अस्पतालबाट संक्रमितको निःशुल्क उपचार भइरहेको छ । संक्रमितको निःशुल्क उपचार गरेबापत सरकारले ती अस्पताललाई मासिक रूपमा शोधभर्ना रकम उपलब्ध गराउने गरेको छ ।

अझै पनि कोरोना संक्रमितले महंगो शुल्क तिरेर निजी अस्पतालहरुमा उपचार गराइरहेका छन् । जानकारी नहुँदा सोझासाझा नागरिकले चर्को शुल्क तिर्नु परेको हो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका ८ वटा अस्पतालहरुमा संक्रमितको निःशुल्क उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने अस्पतालहरु :–
– लुम्बिनी प्रादेशिक अस्पताल (धागो कारखाना), बुटवल
– भीम अस्पताल, भैरहवा
– भेरी अस्पताल, बाँके
– बेलझुण्डी कोरोना विशेष अस्पताल, दाङ
– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
– राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिान, दाङ
– कपिलवस्तु अस्पताल, कपिलवस्तु
– नेपालगंज आर्मी अस्पताल, बाँके