March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नदीले बगाउँदा कपिलवस्तुमा एक महिलाको मृत्यु, एक बेपत्ता

कपिलवस्तु– नदीले बगाउँदा कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ भने एक जना बालिका बेपत्ता भएकी छन् ।

जिल्लाको बुद्धभूमि नगरपालिका–१० स्थित बिजगौरीमा बाणगंगा नदीले २ जनालाई बगाएको हो। तर्ने क्रममा नदीले बगाउँदा बुद्धभूमि नगरपालिका–१०, ढडीहवाकि ३० वर्षीया सीता थारूको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

सीतासँगै नदीमा बगेकी १२ ‍वर्षीया सुजना थारु भने बेपत्ता छन्। बाणगंगा नदी अन्तर्गत बिजगौरीमा नदी तर्नेक्रममा उनीहरु दुबैजनालाई बगाएको हो । बेपत्ता बालिकाको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको कपिलवस्तु प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

Advertisement