December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

भैरहवामा ‘मोहम्मद डे’को रौनक [फोटो फिचर]

भैरहवा– इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको आज जन्मदिन । इस्लाम धर्मावलम्वीहरुमा आज यसको रौनक छ । ठाउँठाउँमा र्‍यालीसहित मोहम्मदको जन्मदिन मनाइरहेका छन् । ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले मंगलबार भैरहवामा विशाल र्‍याली निकालेका छन् ।

Advertisement

आज नेपालमा मात्रै नभई विश्वभरका मुस्लिम समुदायले मोहम्मद डे मनाइरहेका छन् । मुस्लिम समुदायले भैरहवाको बुद्धचोकबाट निकालेको र्‍यालीले सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गरेको छ । परिक्रमा पश्चात मस्जिदमा पुगेर र्‍याली समापन गरिने छ । मुस्लिम समुदायका मानिसहरु विभिन्न भेषभुषामा सजिएर र्‍यालीमा सहभागी भएका छन् ।

पैगम्बर मोहम्दको आज जन्म भएको विश्वासमा र्‍याली निकालिएको र्‍यालीमा सहभागी मुस्लिम अगुवा एवं संविधानसभा सदस्य इस्तियाक अहम्मद खाँनले बताए । मुस्लिम धर्मालम्बीका प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९६ औँ जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’को सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ ।

नेपालको राष्ट्रिय झण्डा, मुस्लिम झण्डासहित बुद्धचोकबाट र्याली निकालिएको थियो । र्‍यालीमा सयौंको सहभागिता थियो । बच्चादेखि बृद्धसम्म र्‍यालीमा उत्साहसाथ सहभागी छन् ।

इस्लाम धर्मका संस्थापक हजरत मुहम्मदको जन्मभूमि मक्कामा हज गर्ने सबै हाजीले कुर्वानीको रस्म (चलन) मक्कामा कावा मस्जिदमा पूरा गर्नुपर्छ । सो दिन १० बजेभन्दा अगाडि यानी बिहान ईदगाहमा मानिसजम्मा हुन्छन् र ईदमा जस्तै नमाज पढ्छन् । तीन पटक ‘अल्लाह हो अकवर’ (ईश्वर सबभन्दा ठूला छन्) भन्दछन् ।

अनि इमाम (उपदेशक) ले खुतवा (अभिभाषण) को क्रममा इव्राहीम र इस्माइलको करुण कथाको वर्णन गर्छ । यो पनि बताउँछ कि कस्ता पशुको कसरी कुर्वानी गर्नुपर्छ । कानो, अन्धो, रोगी पशुको कुर्वानी (बलिदान) गर्नु हुन्न । नमाज र खुतवा पछि सबैले आआफ्नो घरमा कुर्वानीको रस्म (चलन) पूरा गर्छन् ।