April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए सपथ

बुटवल– लुम्बिनी प्रदेशमा झण्डै दुई महिनापछि मन्त्रिपरिषद् विस्तार भएको छ । चार दल र एक स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी गत साउन २८ मा मुख्यमन्त्री नियुक्त भएका थिए । भागबन्डा र आकांक्षी धेरै हुँदा लामो समय मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री नियुक्त गरेका थिए ।

Advertisement

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । मन्त्री नियुक्तलगत्तै मन्त्रीहरुलाई प्रदेश प्रमुख र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्रीले शपथ गराएका हुन् । आइतबार मन्त्री हुनेहरुमा काँग्रेबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् । यस्तै, बाँकेका सुरेन्द्र हमाल वन, वातावरण तथा भू–संरक्षण मन्त्री र रुपन्देहीका वसिउद्दिन खाँ शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री भएका छन् ।

Advertisement

त्यस्तै माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् । नेकपा (एकीकृत समाजवादी) की एक मात्र सांसद रमा घर्ती पनि मन्त्री बनेकी छन् । घर्ती कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी हुन् । उनले पनि आजै सपथ लिएकी छन् ।

यस्तै कांग्रेसबाटै अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ र रिना नेपाल विकल पर्यटन राज्यमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट दाङकी विमलाकुमारी खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छन् । उनीहरुले पनि आजै सपथ लिएका छन् ।

यस्तो छ १७ सदस्यीय मन्त्रिपरिषद