पूर्व–पश्चिम राजमार्गको दाङ–बाँके सीमामा चितुवा र बाघको समूह


दाङ– रातको समयमा बाँके राष्ट्रिय निकुञ्ज र दाङको सीमाक्षेत्र आसपासमा चितुवा र बाघ देखिन थालेका छन् । यहाँ राजमार्गमै बाघ र चितुवा देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
डिभिजन वन कार्यालय दाङले चितुवा र बाघबाट बच्न हिँडडुल गर्दा सतर्क हुन आग्रह गरेको छ । राजमार्गमा चितुवा र बाघको समूह देखिएकाले डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले सूचना जारी गर्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
आइतवार बेलुकी लमही नगरपालिका वडा नम्बर ९ रिहारदेखि करिब ७–८ किलोमिटर अमिलियातर्फ पूर्व-पश्चिम महेन्द्र राजमार्गमा चितुवा र बाघको समूह देखा परेको छ ।
स्थानीयले उक्त क्षेत्रमा वन्यजन्तु देखेपछि डिभिजन वन कार्यालय लमहीलाई खबर गरेका थिए । वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिँडडुल तथा आवतजावत नगर्न वन कार्यालय लमहीले आग्रह समेत गरेको छ । रातको समयमा हिंडडुल गर्दा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा कयौंपल्ट माघले मानिसलाई झम्टिएको छ । कतिले तबाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।
प्रतिकृया दिनुहोस्