November 8, 2024, Friday
२०८१ कार्तिक २३

नाकामा कोरोनासँगै क्षयरोग परीक्षण

नेपालगंज– बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा पछिल्लो ६ महिनायता भारतबाट आउने प्रवासी नेपालीमा कोरोनासँगै अन्य रोगको पनि परीक्षण भइरहेको छ । उक्त नाकामा कोरोनासँगै एचआईभी, मलेरिया र क्षयरोगजस्ता सरुवा रोगको जाँच गर्न थालिएको छ ।

जनशक्ति, स्रोत साधन र व्यवस्थापनको अभावले भारतबाट आएका सबैको परीक्षण सम्भव नभए पनि लक्षण देखिएका बिरामीको तुरुन्तै जाँच भइरहेको नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीले बताएका छन् । हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीका अनुसार दुई महिनामा २ हजार जनाको क्षयरोग परीक्षण गरिएको थियो ।

Advertisement

तीनमा चार जनामा क्षयरोग पत्ता लागेको थियो । भारतको गुजरात, मुम्बई, दिल्लीबाट आएका मजदुरमा क्षयरोग र कोभिड देखिएको उनले बताए । लक्षण पुष्टि भइसकेकालाई जिल्लामा जानकारी गराउने र स्थानीय तहको सहकार्यमा बिरामीलाई तुरुन्तै उपचार गर्न लगाउने गरिएको उनले सुनाए ।

कोभिडमा ध्यान केन्द्रित हु“दा मलेरिया र क्षयरोगजस्ता अरू सरुवा रोगको रोकथाम हुन नसकेको उनले सुनाए ।