October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

उप–प्रमुख मगरको गाडीले ठक्कर दिँदा दुई घाइते

सैनामैना– रुपन्देहीको सैनामैना नगरपालिकाकी उपप्रमुख बिना मगरको गाडीले ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

गाडीलेसैनामैना नगपालिका–५, बुद्धनगरमा ठक्कर दिएको हो । मगर चढेको लु १ झ ३९३ नम्करको स्कार्पियोले शुक्रबार बिहान बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का अन्दाजी ७० बर्षीय बालकृष्ण गौतम र उनकी पत्नी ६० वर्षीया लक्ष्मी गौतम घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको रुपन्देही प्रहरीले जनाएको छ ।