April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

जेष्ठ नागरिकहरुको संरक्षणमा प्राथमिकता दिन्छौं : केसी

बुटवल– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले जेष्ठ नागरिकहरुको संरक्षण र जीवन निर्वाहका लागि प्राथमिकताका साथ अगाडि बढ्ने बताएका छन् । ३१ आंै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस–२०७८ को अवसरमा संघीय महिला तथा बालबालिका मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै केसीले प्रदेश सरकारकातर्फबाट जेष्ठ नागरिकको सम्बद्र्धनका कुनै कसर बाँकी नराख्ने बताए ।

Advertisement

केसीले प्रदेश र देशविदेशमा रहेका जेष्ठ नागरिकहरुमा लुम्बिनी प्रदेश सरकारको तर्फबाट शुभकामना व्यक्त गरे । उनले भने, ‘जेष्ठ नागरिकको जीवनयापनका लागि लुम्बिनी प्रदेश सरकारकारबाट संरक्षणका लागि सञ्चालित बृद्धाश्रमलाई सहयोगको व्यवस्था छ, यसलाई अझै बढाइने छ ।’

Advertisement

ज्येष्ठ नागरिक मिलन केन्द्रहरूको स्थापना र सञ्चालनमा सहयोग कार्यक्रम, ज्येष्ठ नागरिक अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए । ज्येष्ठ नागरिक सम्मान तथा संरक्षण कार्यक्रम प्रस्ताव गरिएको, रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम निर्माण कार्य अगाडि बढेको, जेष्ठ नागरिक केन्द्रित कोभिड–१९ कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

मुख्यमन्त्रीले प्रदेश सरकारले ज्येष्ठ नागरिक वृद्धाश्रम सञ्चालनलाई चालु अनुदानको व्यवस्था गरिएको, हरेक स्वास्थ्य सँस्थामा जेष्ठ नागरिक वार्ड र बेड राख्ने व्यवस्था गरिएको बताउँदै जेष्ठ नागरिकहरूको अधिकार महत्व दिदै जेष्ठ नागरिक मन्त्रालय स्थापना गरी कार्य प्रारम्भ गरिएको बताए ।