लुम्बिनी प्रादेशिक अस्पालको मेसुमा डा.ढकाल नियुक्त


बुटवल– लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे संयोजकत्वमा कार्यदल गठन गर्ने भएको छ ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका निमित्त मेसुमा डा.इन्द्र ढकाललाई र कोभिड अस्ताल सञ्चालन तथा व्यवस्थापन निर्देशकमा डा.राजेन्द्र ढकाललाई जिम्मेवारी प्रदान गरेको छ । रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकार मन्त्रीपरिषदको बैठकलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश गर्न कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।
सरकारका प्रवक्ता खड्काले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) २०७८ गरी यस भन्दा अगाडि १० लाख रुपैयाँ ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैयाँ प्रदान गर्न सकिने गरी संशोधन गरेको बताए ।
लुम्बिनी प्रदेशमा कानून निर्माण गर्नु पर्ने भएकाले कानून मस्यौदा समिति लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ताको संयोजकत्वमा संयोजकत्वमा कानून मस्यौदा कार्यदलका सदस्य नियुक्त गर्ने निर्णय गर्ने, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८–०७९ अस्थायी दरवन्दी २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको छ ।
प्रतिकृया दिनुहोस्