October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

पूर्वखेलाडी खड्काको राजनीतिक ‘इनिङ’

भैरहवा– पूर्व अन्तर्राष्ट्रिय खेलाडीले राजनीतिमा पनि सफलताको स्वाद चाखेका छन् । उनी शनिवार भएको कांग्रेस पालिका अधिवेशन अन्तर्गत सिद्धार्थनगर सभापतिमा बिजयी भएका हुन् । ‘मुलुकको झण्डाले लोभ्याएर खेलाक्षेत्रमा सक्रिय बने,’ उनले काँग्रेस सिद्धार्थनगर समिति सभापतिमा उम्मेदवारी घोषणा गर्दै भनेका थिए, ‘चारतारे झण्डाले लोभ्याएर राजनीतिमा प्रवेश गरेको हु“ ।’ यसपाली नगर सभापतिमा प्राप्त सफलताले खुसी तुल्याएको उनले बताए ।

दुई दशक भन्दा धेरै समय खेलकुदको तेक्वान्दो बिधामा उनले आफ्नो जीवन समर्पण गरे । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय झण्डा फहराए । आफ्नो देशका लागि अनेक पदक दिलाएर विश्वका एक दर्जन भन्दा धेरै राष्ट्रमा नेपालको चिनारी दिन सफल भए ।

अव भने उनको जीवनको पाटो अन्य क्षेत्रमा मोडिएको छ । अवको जीवनको इनिङ राजनीतिक क्षेत्रबाट सुरु गर्दैछन् । विगतमा खेलकुदको माध्यमबाट आफूलाई स्थापित गर्न कोशिस गरेका कोशिष, अव भने राजनीतिक क्षेत्रबाट आफूलाई उदियमान र स्थापित बनाउन कोशिस गर्दैछन् ।

नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितिको १४ औं अधिवेशनकका क्रममा शनिवार (असोज ९ गते) भएको निर्बाचनमा उनले नगर सभापतिमा पदमा विजयी हासिल गरेका छन् । यो सँगै उनको खेल क्षेत्रको लामो सकृय जीवन अव राजनीतिक क्षेत्रमा सकृयाताका साथ अघि बढ्न थालेको हो ।

आफू राजनीतिक क्षेत्रमा सकृय भए पनि खेलाडी र खेलकुद क्षेत्रको विकासमा पनि कटिबद्ध रहने प्रतिबद्धता उनले गरेका छन् । ‘अवको मेरो राजनीतिक जीवन विकास निर्माण र सामाजिक रुपान्तरणसँगै खेलकुद र खेलाडीको क्षेत्रमा पनि समर्पित रहने छ’ आफ्नो उमेदवारीको घोषणा गर्दै कोशिषले भनेका थिए, ‘नेपालको खेलकुद र खेलाडीको विकासका लागि नयाँ योजना ल्याउने योजना छ ।’

उनले, आठौं दक्षिण एशियाली खेलकुद (साफ) मा नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक दिलाएका थिए । उक्त प्रतियोगितामा तत्कालीन राजा स्व. बीरेन्द्रबाट गोरखा दक्षिण बाहु पदक प्राप्त गर्ने लुम्बिनी अंचलबाट एकमात्र खेलाडी थिए । आफ्नो गृह नगर भैरहवामा तेक्वान्दो बिधाको प्रबद्र्धन गर्न प्रशिक्षण दिन थाले । उनले प्रशिक्षित गरेका दुई दर्जन भन्दा धेरै युवा अहिले तेक्वान्दोको राष्ट्रिय खेलाडी बनिसकेका छन् ।

‘एक हजार भन्दा धेरै तेक्वान्दोको ब्याकवेल्ट खेलाडी तयार पारें’, उनी गर्वका साथ भन्छन्, ‘चार दर्जन जती तेक्वान्दोका राष्ट्रिय खोलाडी ।’ आफू सानो उमेरको हुदादेखि आफ्नो घरमा नेपाली कांग्रेसको झण्डा फहरिइरहेको याद बाल्यकालदेखि नै आउने गरेकाले खेलकुद क्षेत्रसंगसंगै नेपाली कांग्रेसप्रति झुकाव रहेको उनले सुनाए ।

हुनतः कोशिसको राजनीतिक क्षेत्रमा प्रवेश यो नै पहिलो पटक होइन् । दशकदेखि नै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर काम गर्दै आएका हुन् । आफ्नो खेलकुद क्षेत्रको सकृय जीवनको कार्यकालमा तेक्वान्दोमा बाग्मती प्रदेश पछिको दोस्रो स्थानमा लुम्बिनी प्रदेशलाई उभ्याउन सफल रहेको दावी उनको छ ।

‘बिभिन्न बिधाका नेपालका सवै खेलाडीलाई रोजगारीको अवसर नहुँदा धेरै खेलाडी खेलबाटै बिस्थापित हुन बाध्य बनाएको छ’, उनले भने, ‘म राजनीतिक क्षेत्रमा लागेर भए पनि खेलाडीलाई स्वदेशमैं रोजगारी श्रृजना गर्ने योजनामा छु ।’ खेलकुद क्षेत्रको पूर्वाधार बिकासका लागि तीनवटै तहका सरकारसंग समन्वय र पहल गर्ने प्रतिबद्धता उनले गरे । पार्टी जीवनसँगै खेल क्षेत्रलाई सँगै अगाडि बढाउने योजना आफ्नो उनले बताए ।