November 8, 2024, Friday
२०८१ कार्तिक २४

काँग्रेस सिद्धार्थनगर सभापतिमा खड्का निर्वाचित

भैरहवा– नेपाली काँग्रेस, सिद्धार्थनगर नगरपालिका सभापतिमा कोशिशबहादुर खड्का विजयी भएका छन् । पदाधिकारीमा खड्काको प्यानल नै विजयी भएका हुन् । शनिबार नगरसमिति चयनका लागि निर्वाचन भएको थियो । राति मतगणना सकिएको थियो ।

सभापतिमा खड्काले १ सय ३९ मत पाए । उनका प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत मात्रै पाए । यस्तै, सभापतिका अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे । निर्वाचन अधिकृतकाअनुसार यहाँ कुल मत २ सय ४१ खसेको थियो ।

Advertisement

नगर उपसभापतिमा खड्का प्यानलकै देवराज न्यौपाने र किरणकुमार घिमिरे निर्वाचित भएका छन् । न्यौपानेले १ सय २४ मत र घिमिरेले १ सय १८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी गौरब श्रेष्ठले १ सय ४ मत र घनश्याम यादवले ९७ मत प्राप्त गरे ।

सचिवमा अनिलकुमार केसी १ सय १७ मत र हरिमाया गुरुङ १ सय २१ मत ल्याइ बिजयी भए । प्रतिद्वन्द्वी टीकाराम भट्टराईले १ सय ३ मत प्राप्त गरे भने सम्राट थापाले ९९ मत प्राप्त गरे ।

सहसचिवमा आदर्श गुरुङ् (एडी)ले १ सय ३९ मत र कृष्णकुमार चाइले १ सय २३ मत प्राप्त गर्दै बिजयी भए । प्रतिद्वन्द्वी ओजश शर्माले १ सय १ मत र प्रतीक भण्डारीले ८६ मत प्राप्त गरे । यहाँ कुल मतमध्ये २ सय ४१ मत खसेको थियो ।