April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

बुटवल उपमहानगरमा पाण्डे विजयी

बुटवल– नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका नगर समिति सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । शनिबार भएको मतदानको परिणाम राति आएको हो । मत परिणामअनुसार पाण्डेले प्रतिद्वन्द्वी रीता केसीलाई झण्डै दोब्बर मतले हराउँदै जित निकालेका हुन् ।

पाण्डे यसअघि पनि उपमहानगर समिति सभापति थिए । उनी तेस्रोपटक नगर सभापतिमा निर्वाचित भएका हुन् । उनी काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । पाण्डेले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी केसीले १ सय १४ मत ल्याउन प्राप्त गरिन् ।

उपसभापतीमा पाण्डे समूहकै ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । सचिवमा गंगा पन्थी र छाया पोखरेल विजयी भएका छन् । सहसचिवमा देवलाल अर्गाली र पुरुषोत्तम खनाल निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत शनिबार अधिकांश जिल्लामा गाउँ–नगर निर्वाचन भएको थियो ।

Advertisement