March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सुशील कोइरालाको जिल्लामा कांग्रेसको बेहाल

भैरहवा– पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइरालाको गृह जिल्ला बा“केमा सधैभरि कांग्रेसलाई लिएर चर्चा हुन्थ्यो । कोइराला जिवित हुँदासम्म पार्टीका क्रियाकलापलाई लिएर राष्ट्रिय राजनीतिको केन्द्रका रुपमा जिल्ला थियो । जिल्लामा पार्टीको आन्तरिक र संसदीयसम्म चुनावले मुलुकको ध्यान आकृष्ट गथ्र्यो ।

Advertisement

कोइरालाको निधनसँगै उनको गृह जिल्लाको पार्टी राजनीति गिजोलिएको छ । अझ भनौं ‘मियो’बिहीन बनेको छ । अहिले बाँकेमा कांग्रेस डोर्याउने नेताको अभाव खड्किएको छ । त्यसको उदाहरण अहिले जारी पार्टीको १४ औं महाधिवेशन हो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये बिहीबारसम्म ११ मा पार्टीको वडा अधिवेशन पूरा भएको छ ।

Advertisement

अधिवेशन सकिएका जिल्लामा अहिले नगर र गाउँ तहको निर्वाचन लागेको छ । आआफ्नो प्यानल बनाएर विभिन्न गुट निर्वाचन प्रचारमा जुटेका छन् । यस्तो रौनकका बेला बा“के मौन छ । जिल्लामा क्रियाशील सदस्यको बिबाद चुलिएपछि अहिलेसम्म चार पटक वडा अधिवेशन स्थगित भइसकेको छ ।

जिल्लाकै नेता–कार्यकर्ताले पार्टीको यो हबिगत हुनुमा नेतृत्वको दोष औल्याइरहेका छन् । उनीहरुले झिना मसिना समस्या थाती राखेर भए पनि अधिवेशनका कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिइरहेका छन् । पार्टी केन्द्रले असोज ९ गतेसम्म तालीका अनुसार अधिवेशनका कार्यक्रम पूरा गर्न निर्देशन दिएको छ । तर, जिल्लामा छाँट छैन । शुक्रबारसम्म वडा अधिवेशन पूरा नभए शनिवारका लागि तय नगर–गाउँको अधिवेशन हुने छैन । बिहीबार साँझ अबेरसम्म क्रियाशील सदस्यको बिबाद टुंगिएको थिएन ।

जिल्लाका नेता–कार्यकर्ताले वडा कार्य समितिले निर्णय गरेर पठाएका कृयाशील सदस्यको नामवलीमा क्षेत्रीय समितिले हस्तक्षेप गरेको आरोप लगाएका छन् । क्षेत्रीय समितिले मनोमानी नाम थपेर केन्द्रलाई पठाएको आरोप छ । विजयकुमार गच्छेदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा संयोजन भएको छ । त्यसैले उनी निकट कार्यकर्ताहरुलाई बिधानविपरीत, पार्टी नीतिविपरीत क्रियाशील सदस्य दिइएको आरोप छ ।

पार्टीकी जिल्ला सभापति किरण कोइरालाले बाँकेको निर्वाचन क्षेत्र न. १ मा कृयाशील सदस्य विवाद रहेको बताइन् । बिधानविपरीत सदस्यता वितरण गर्दा विवाद बढेको उनको भनाई छ । ‘वडा समिति सर्बेसर्बा हो । त्यहाँबाट छनौट गरेर पठाइएका कृयाशील सदस्यताको नाम हटाउने, आफू खुसी नाम थप्ने काम भएकाले विवाद बढेको हो,’ उनले भनिन्, ‘विधान अनुसार कृयाशील सदस्यता दिने हो भने विवाद त्यसै समाधान हुन्छ ।’

कांंग्रेसको ऐतिहासिक जिल्ला बाँकेमा अन्तिम सयमसम्म महाधिबेशन हुन नसकेपछि जिल्ला नेतृत्व तनावमा छ । अधिकांश कार्यकर्ताहरुमा अधिवेशन नहुने शंका छ । लोकतन्त्रका लागि लडेको पार्टीको अधिबेशन हुन नसकेपछि कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् । कांग्रेस कार्यकर्ता अम्रित आचार्यले महाधिबेशन नगरी पार्टी कब्जा गर्ने नीति रहेको भन्दै आक्रोस पोखे । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले तत्कालीन फोरम लोकतन्त्रिक पार्टीबाट समायोजन भएर आएका नेताहरुले जथाभावी कृयाशील सदस्यता दिएका कारण विवाद भएको बताउँछन् ।