April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

इतिहास च्यातिदिनाले हो !

  • उमेशचन्द्र रिजाल

नेपाली काँग्रेस इतिहासकै गम्भिर मोडमा अभिएको छ । दुई बैशाखी टेकेर सत्ता वागडोर लोकतन्त्र जोगाउने नाममा अविश्वासी राजनैतिक प्रतिद्वन्द्वीको सहयोगमा प्राप्त गरेको छ । नेपाली काँग्रेस नेतृत्वले वास्तवमा नै आफ्ना आदर्श, नीति, गन्तव्य र स्वयंलाई दाउमा राखिदिएको छ ।

Advertisement

नेतृत्वले के बुभm्न सकेन भनें, कम्युनिष्टहरुका झगडा पदका लागि थियो र त्यो पद मिलाउन नसकेपछि पार्टी भित्र अनेकौ हथकण्डा अपनाइयो । वर्तमानमा पनि फरक विचार र फरक उद्देश्य भएको काँग्रेस नेतृत्वले उनीहरुसँग सहकार्य गर्ने आत्मघाती कदम नै हो ।

Advertisement

नेपाली काँगे्रस तेह्रौ महाधिवेशनको संघारमा छ । यस्तो लाग्छ– महाअधिवेशन होइन, लुछाचँुडी, भागवण्डा र मेरो गोरुको वाहै्र टक्कातिर उन्मूख छ । स्वच्छ निर्वाचन नेपाली काँग्रेसको मुटु हो । तर, त्यही मुटुमा प्रहार भइरहेको छ । कहीँ समझदारीको नाममा, केही आफ्नो नकारात्मक शक्ति प्रयोगबाट…? पार्टीभित्र आन्तरिक नेतृत्व लिने प्रतिस्पर्धा हुनु स्वभाविक मान्निछ । हार–जित काँग्रेससँग नै हुने हो, महाधिवेशन प्रतिनिधिहरुले कुन एजेण्डामा आफ्नो अभिमत प्रयोग गर्ने ? त्यो प्रतिनिधिहरुको स्वविवेकीय अधिकार हो ।

नेपाली काँग्रेस भित्र अत्यन्तै खराब र डरलाग्दो अभ्यास शुरु भएको छ । महाधिवेशनको मिति तोकिनासाथ केन्द्रीय नेतृत्व लिनेहरुको होडवाजी नै चल्छ । निर्वाचनमा उम्मेदवार हुनु स्वभाविक मानिन्छ । अनि, केन्द्रदेखि वडासम्म गुट, उप–गुट हुनु भनेको काँग्रेस अवसानको यात्रा हो ।

काँग्रेस यस्तो विधान बनाओस् कि महाधिवेशन प्रतिनिधि निर्वाचनमा पश्चात मात्र केद्रीय उम्मेदवारी दाखिला होस् । सभापति, उप–सभापति एवं केन्द्रीय सदस्यहरुले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधि निर्वाचन पछि मात्र घोषण गर्न पाउन । यस्तो गर्नाले केही हदसम्म वडा तहसम्म फैलिएको गुटबन्दी न्यून हुन्छ ।

अनावश्यक संघीयता र गणतन्त्र यी थोत्रो शब्दका पछाडि काँग्रेस लाग्नु हुँदैन । माथि उल्लेखित सबै कुराहरु २०७२ को संविधान लागू भएपछि टेस्ट भैसके । हामीले राष्ट्रप्रति, संघीय सारकार र तथाकथित अग्रगमन सरकार देखिसकेका छौं । यसले न सरकारलाई पूर्णता दिन सक्यो, न सहज ढंगले बजेट नै पास गर्न सक्यो ।

मुलुक असफलताको बाटोतिर अग्रसर भइरहेको अवस्थामा काँग्रेसले यसको निकास दिन शिघ्रता शिघ्र निर्वाचन नै गर्नु पर्छ । लोकतन्त्रको सुदूर पक्ष भनेकै धाँधलीरहित निर्वाचन नै हो । महाधिवेशन पछि आउने नेतृत्वले नेपाली काँग्रेसलाई प्रजातान्त्रिक, संगठित एवं पारदर्शी बनाएर हाक्न सक्नुपर्छ । वर्तमान नेतृत्वबाट यी कुराहरु आश गर्न सक्ने अवस्था छ÷छैन महआधिबेशन प्रतिनिधिहरुले सोच्ने नै छन् । व्यक्ति फेरिएर काँग्रेसमा आमूल परिवर्तन आउने होइन् । नेतृत्व नयाँ सोच, नयाँ विचार, नयाँ कार्यक्रम र सीपसाथ अगाडि बढ्नु पर्छ ।

अग्रगमनतिर नभएर हामी पतोन्मुख छौं । नेतृत्वका हरेक गतिविधिले नेपाली काँग्रेसलाई ‘काँग्रेस’ मात्र भएर माया गर्नेहरु थिलथिलो भएका छन् । हिजोका अप्ठ्यारो दिनमा पार्टीलाई अफ्ना ज्यान अपर्ण गर्नेहरु वैचारिक दुर्दशा, दरिद्रता र विचारहीनता देखेर मर्माहित भएका छन् ।

काँग्रेसका प्रायः सबै पार्टी कार्यालयहरुमा विपी, गणेशमान कृष्णप्रसाद भट्टराई, सुवर्णसम्शेर, गिरिजाका फोटोहरु टाँगेको देख्छौं । तर, धेरैलाई यो कुरो थाहा छैन कि उनीहरुबीचको बैचारिक युद्ध कहाँ थियो ? विपी र गणेशमनकाबीच धेरै कुरामा मतभिन्नता भए पनि विपीकै नेतृत्वलाई गणेशमान कहिल्यै अस्वीकार गर्नुभएन । त्यसै गरेर किशुनजी र गणेशमानको पनि थियो । तर, एक अर्कामा अगाध विश्वास भएकै कारण गणेशमानलाई अफर भएको प्रधानमन्त्री पद किशुनजीलाई दिनुभयो ।

यहाँ ठूलो त्यागको अनुपम उदारण शयद विश्वमा कही होला ? सुवर्णसम्शेर नेपाली काँगे्रसका उद्धारक, पालक एवं विचारक पनि हुन् । उहाँले पदको लोभ कहिल्यै गर्नुभएन । विपी सुन्दरी जेलमा रहँदा सुर्वण कलकत्ता हुनुहुन्थ्यो । उहाँले काँग्रेसको कार्यवाहक सभापति चलाउनु भयो । जेलबाट विपी छुटे पछि भारतको कलकत्तामा सुवर्णजीले तपाइँको नासो तपाइँलाई भनेर पार्टी नेतृत्व दिनुभयो । काम गर्ने शौली, शक्ति र सत्तामा गिरिजाबावुको छुट्टै दृष्टिकोण थियो । (यो अरु कुनै लेखमा चर्चा होला ।) भित्तामा नेताहरुको फोटो टालेर (टाँसेर) गुटबाजी गर्ने सबै दुष्ट पात्र हुन् ।

वर्तमानमा वडादेखि केद्रसम्म गुटबदी छ । तर, नेताहरुको नाम लिन छाड्दैनन् । मानौ गुटगत राजनीति नगरे काँग्रेस नै भइँदैन । अहिले पनि महाअधिवेशनको संघारमा काँग्रेसलाई पुनर्जीवन दिने नेतृृत्व चुनिएन भनें निश्चित छ, नेपाली काँग्रेसको अवसान हुनेछ । काँग्रेस केन्द्रीय समिति के अन्धो छ ? के सक्रिय सदस्य केद्रीय नेतृत्वको दास हुन् ? होइन भने हजारौँ महाअधिवेशन प्रतिनिधिहरु भेला हुँदा कोरोना हुन्न ? निर्वाचन गर्न सकिन्छ, भीड कम गर्न पनि सकिन्छ । यसले एउटा प्रश्न उठाइदिएको छ– काँग्रेस क्रियाशील सदस्यहरुका लागि ।

क्रियाशील सदस्य बनाउने प्रक्रिया पनि गलत छ । क्रियाशील सदस्य बनाउने व्यक्तिले श्रीमती, भाइ–भतिजा, सालो र आफ्ना चिनेजानेकालाई बनाएपछि क्षेत्रीय प्रतिनिधिको हुन्छ ? के २०२५ सालदेखि वर्तमानसम्म कांग्रेसको पक्षमा लडेको व्यक्ति, कहिल्यै कुनै पद नलिएको, संघर्षशील व्यक्ति हुन्छ ? असम्भव । यसैले क्रियाशील सदस्यता बनाउने प्रक्रिया विधि र मान्यताया आमूल परिवर्तन हुन जरुरी छ । क्रियाशील सदस्य संख्याले होइन्, गुणले मापन गर्ने पद्दति बसाउन जरुरी छ । यो अवस्थामा नेपाली काँग्रेस आइपुग्नुको मुख्य कारण इतिहास च्यातिदिनाले नै हो ।