April 18, 2025, Friday
२०८२ बैशाख ५

किशोरी अधिकार संरक्षणका सवालहरू

संस्थाको परिचय :-
किशोरी अधिकार मंच, किशोरीहरुको मानव अधिकार संरक्षण र प्रबद्र्धनका लागि संगठित संजाल हो । यो समाजमा व्याप्त हानिकारक सामाजिक मुल्य–मान्यताका कारण आफ्नो आधारभूत अधिकारबाट समेत बञ्चित रहेका रुपन्देही र कपिलवस्तु जिल्लाका स्थानीय तहमा रहेका किशोरीहरुले संस्थागत र सामूहिक रुपमा अधिकार प्राप्तिका बिबिध प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन र संरचनात्मक बिभेदबिरुद्ध पैरबी गर्ने उद्देश्यले २०७५ सालमा स्थापित संस्था हो । यस संस्थाले किशोरीहरुको दैनिकीमा आभारभूत आवश्यकता सवालहरु जस्तै– शिक्षा, स्वास्थ्य, सुरक्षा तथा संरक्षण, वालविवाहलाई अन्त्य गरी सामाजिक न्याय, समता हुँदै समानताको स्थापना गरी किशोरीहरुको मर्यादित जीवनयापनका लागि नीतिगत वकालत, पैरबी तथा अन्य आबश्यक कार्यहरु गर्ने उद्येश्य लिएको छ ।

यस संस्थाको रुपेन्दही र कपिलवस्तु जिल्लाको हरेक स्थनीय तहमा वडाबाट समेत प्रतिनिधित्व हुने गरी सबै वडा, पालिका र जिल्ला स्तरीय संस्थागत संरचना छ । यस संस्थाले रुपन्देही जिल्लाको वडा तहदेखि गाउँपालिका, नगरपालिका हुँदै जिल्लाको सबै भूभागमा कार्यक्षेत्र बनाई किशोरीहरुको संजालीकरण गर्दै अधिकारको लागिसचेतनामूलक कार्यक्रमहरु संचालन गर्छ ।

Advertisement

संस्थागत मूल्य मान्यता
यस संस्था हानिकारक समाजिक मूल्य–मान्यता तथा अभ्यासहरुलाई सामाजिक जनचेतना अभिबृद्धिको माध्यमबाट निराकरण गरी किशोरीमैत्री सहयोगी समाज निर्माण गर्न साझा हित, निष्ठा तथा सत्यता, समानता, नियमगत सर्वोच्चता, बिबिधताको सम्मान र उत्तरदायित्व तथा जवाफदेहीताको आधारभूत सिद्धान्तमा आधारित छ ।

साझा हित : सबै सदस्यहरुले समाजका किशोरीहरुको हितका लागि काम गर्छन् ।
निष्ठा तथा सत्यता संस्थाले र यसका सदस्यले समुदायलाई सही सूचना सम्प्रेषण गर्छ
समानता : सबैलाई समान अधिकार, भूमिका, अवसर र उन्मुक्तिको अवस्था हुन्छ ।
नियम, बिधि र प्रक्रियाको सर्वोच्चता : नेपाल सरकारको कानून, अन्तर्राष्ट्रिय कानून तथा संस्थाको विधान बमोजिम कार्यक्रम तथा व्यवस्था सञ्चालन हुन्छ ।
बिबिधताको सम्मान : बिबिध संस्कृति, भेषभुषा, भाषा, धर्म आदिलाई सामाजिक पुँजीको रुपमा सम्मान गर्छ ।
सामाजिक उत्तरदायित्व : समाजमा रहेका सबै प्रकारका विभेद, मुख्य गरेर किशोरी माथि हुने बिभेद तथा गलत सोच र अभ्यासहरुबिरुद्ध जनचेतना अभिबृद्धि गरी सामाजिक उत्तरदायित्व स्थापित गर्छ ।
गोपनियता : सदस्यहरुबिच वा समुदायमा कुनै पनी घटना अथवा कसैको जिवनको भोगाइ को संवेदनशिलता हेरी, सम्बन्धित ब्यक्तिकोे सहमतिको आधारमा गोपनियता कायम गर्छ ।
पारदर्शिता : संस्था गतिबिधिहरु, हिसा–बकिताबमा पारदर्शिता कायम गरि समुदाय, सहयोगीहरु र किशोरीहरुप्रति जवाफदेही बन्छ ।

दुरदृष्टि
किशोरीहरुको नेतृत्वमा न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि राष्ट्रिय स्तरको संजाल बनाउने ।

सोच
किशोरीहरुको शसक्तिकरणद्वारा नेतृत्व विकास गर्दै न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि नीतिगत पैरवी तथा अभियान संचालन गर्ने ।

लक्ष्य
– किशोरी अधिकार मञ्चको क्षमता अभिवृद्धिारा नेतृत्व विकास गर्ने ।
– समाजिक रुपान्तरणका लागि किशोरीहरुको समुदायमा पहँुच बढाउने ।

उद्देश्य
लक्ष्य नम्बर एक अन्तरगतका उद्देश्यहरु :–
– किशोरीहरुको संगठन बिस्तार गर्ने ।
– किशोरीहरुको क्षमता अभिबृद्धि गर्ने ।
– स्थानीय श्रोतमाथि किशोरीहरुको पहुँच अभिबृद्धि गर्ने ।

लक्ष्य नम्वर दुई अन्तर्गतका उद्देश्यहरु :–
– हानिकारक सामाजिक मूल्य मान्यताबिरुद्ध अभियान संचालन गर्ने
– लैंगिक समानताका लगि किशोरीहरुको नेतृत्वमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने
– किशोरीहरुको सुरक्षित सार्वजनिक स्थल निर्माणका लागि सचेतना र पैरवीमूलक कार्य गर्ने
– किशोरीहरुको परिवारको जिविकोपार्जनका प्रवद्र्धनका लागि सहजिकरण गर्ने ।

विभिन्न गाउँहरुमा किशोरी समूहमा आवद्ध भएर अगाडि बढिरहेको हामी किशोरीहरु दुई वर्ष अगाडि आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा दर्ता भई वडा र पालिका स्तरमा संगठित भएर बालविवाह, लिंगमा आधारित भेदभाव र जन्मदर्ता लगायत विभिन्न विषयहरुमा काम गरिरहेका छौं । हाम्रो अभियान रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका चलिरहेको छ । जहाँ १ हजार १५० जना किशोरीहरु आवद्ध भइ किशोरी अधिकारको निम्ति वकालत तथा अभियान गरिरहनु भएको छ ।

हामीले हाम्रो अभियानको क्रममा विभिन्न गाउँहरुमा विद्यालय भर्ना अभियान, सडक नाटक, अभिभावकसँग छलफल, सरोकारवालाहरुसँग अन्तरक्रिया, र्याली, जन्मदर्ता एवं नागरिकताका लागि अभियान, किशोरी शिक्षाका लागि पहल, जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने गरेका थियौं र अहिले पनि गरिरहेका छौं ।

हामीले संचालन गरेको अभियान पश्चात प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी भनेको गाउँपालिका तथा नगरपालिकामा आफ्ना थोरै भए पनि पहिचान बनाउन सफल हुनु हो । साथै हामीले हाम्रो आफ्नो विवाह रोक्न, विद्यालय निरन्तर गर्न, लैंगिक विभेदकाविरुद्धमा आवाज उठाउन र आफ्नो लक्ष्य तथा सपनाहरु बुन्न सक्ने भएका छौं । हिजोको तुलनामा आज हामी आफ्नो बुवा आमासँग आफ्नो कुराहरु राख्न, घरदेखि बाहिर हिंडडुल गर्न, आफूलाई परेको अन्यायकाविरुद्ध एकजुट हुन र एउटा सार्वजनिक कार्यक्रममा सबैको अगाडि आफ्नो कुरा राख्न सक्ने भएका छौं ।

हामीले गरेका मुख्य क्रियाकलापहरु
– आत्मरक्षा सिप, तालिम ओमसतिया गाउँपालिकामा
– बालबिवाह न्युनिकरण सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कोटहिमाई, लुम्बिनी सांस्कृतिक नगरपालिका र ओमसतिया गाउँपालिका
– सरोकारवालाहरुसँग सिकाई आदान–प्रदान कार्यक्रम कोटहीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिका र ओमसतिया गाउँपालिका
– किशोरीको समस्या पहिचान कार्याशाला
– किशोरी अधिकार मञ्चको पञ्च वर्षीय रणनीति योजना तयार कार्याशाला
– किशोरी अधिकार मञ्च सञ्जालिकरण

चुनौति
गाउँपालिकाबाट छुट्याइएका बजेटबाट लकडाउनका कारण कार्यक्रमहरु सञ्चालन गर्न सकिएन । संस्थाका सबल र दुर्बल पक्षहरु यहाँ प्रस्तुत गरिएको छ ।

सबल पक्ष
– किशोरी अधिकार मञ्च, रुपन्देही भन्ने संस्था छ । जुन कानुनी रुपमा दर्ता भईसकेको छ ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीसँग आफ्नै पहिचान र लोगो पनि छ ।
– नपा, गापा तथा वडाका साथै विभिन्न गैरसकरकार िसंस्था, सरकारसँग मिलेर काम गर्छ ।
– विभिन्न विषयमा अभियान संचालन गर्दं आइरहेको छ । जस्तै ः बालविवाह, दाइजो प्रथा, लंैगिक भेदभाव, शिक्षा, नागरिकता तथा जन्मदर्ता ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीमा १५०० जति किशोरीहरु आबद्ध छन् । साथैः किशोरी संजाल पनि छ ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीसँग २ लाख २५ हजारको बैंकिक खाता छ ।
– स्थानीय श्रोतमा ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीले आफ्नै नेतृत्वमा मुख्यमन्त्री तथा सामाजीक विकास मन्त्रीसँग प्रत्यक्ष रुपमा भेटघाट ।
– राष्ट्रिय स्तरीय राष्ट्रपतिसँग बालबालिका भन्ने कार्यक्रममा किशोरी आबद्ध भएको ।
– नगरपलिका स्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि भेला तथा कार्यक्रम किशोरी अधिकार मञ्च, रुपन्देहीको आयोजनामा भएको थियो ।
– अभियानहरु सञ्चालन गरेको ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीको फेसबुक पेज पनि छ ।

कमजोर पक्ष
– पर्याप्त स्रोत साधन नभएको ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीको अफिस भए पनि व्यपस्थित नहुनु ।
– किशोरी अधिकार मञ्च, रुपन्देहीका सदस्यहरु किशोरी अधिकार मञ्च, रुपन्देहीलाई प्राथमीकता नदिने । समय नदिने । सबै सदस्यहरु – कार्यक्रममा समय नदिने ।
– मासिक रुपमा बैठक नहुनु ।
– एकताको भावनामा कमी ।
– सिकाई आदान–प्रदान र ज्ञान व्यवस्थापनमा कमी ।
– पालिका, जिल्ला स्तरका सञ्जाल फोरमहरुसँग समन्वय र सहकार्यको कमी । प्रस्तवना लेखन सीपमा पोख्त नभएको ।

अवसर
– किशोरी शशक्तिकरणका लागि हामीले गरिरहेको अभियानलाई हेरेर सरोवारकालाहरुले हामीलाई बजेट दिन्छन् ।
– यदि कुनै संस्थाले किशोरीको लागि कार्यक्रम गरिरहेको छ भने हामीलाई बोलाउँछन्, निमन्त्रणा दिन्छन् ।
– अर्को संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफुसँग मिलेर काम गर्नका लागि अवसर दिन्छन् र सहयोग पनि गर्छन् ।
– किशोरीका लागि काम गरिरहेको हरेर हाम्रो परिवार र गाउँ समाजका मानिसहरुले हाम्रो सम्मान गर्छन् ।
– रुपन्देही र कपिलवस्तुमा सिमीत नभएर अन्य जिल्लाहरुसँग पनि मिलेर काम गर्ने अवसर प्राप्त हुन्छ ।

चुनौती
– हामी समाजमा गएर कुनै पनि किसिमको कार्यक्रम गर्दा समाजका नागरिकले नेता भएछन् भन्नु ।
– स्थानीय सरकारले विश्वास नगर्ने ।
– किशोरी र अभिभावकलाई कार्यक्रमहरुमा ल्याउनका लागि धेरै भन्दा धेरै प्रोत्साहन गर्नुपर्छ ।
– अभिभावकहरु हाम्रो कुरा नसुन्ने हुन्छन् ।
– हामी किशोरीहरु सानो भएकाले अभिभावकहरु र सरोकारवालाहरुले त्यति प्राथमिकता र ग्रायता नदिने ।
– कुनै पनि कार्यक्रम गर्दा सरोकारवालाहरु उपस्थित नहुने, हाम्रो कुरा नसुन्ने र विश्वास नगर्ने हुन्छन् ।
– हामी कार्यक्रम गर्न सोचे तापनि हामीसँग पर्याप्त बजेट हुँदैन ।
– समाजका विद्यमान हानीकारक चालचलनहरु ।
– सामाजिक मूल्य मान्यताका कारण किशोरीहरुलाई र किशोरीद्वारा सञ्चालित संस्थाहरुलाई प्रभावित पार्ने र बन्धनमा राख्ने ।
– किशोरीहरुका सवाल सम्बोधनका लागि स्थानीय सरकारको छुट्टै नीति नभएको ।
(हरिजन जिल्लास्तरीय किशोरी अधिकार मञ्च, रुपन्देही अध्यक्ष हुन् ।)