June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

बुटवल– लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ । एमालेले सांसदले बैठक अरुद्ध गर्दै नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले पार्टीले दुई सांसदलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेको थियो ।

Advertisement