October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी

बुटवल– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

एमालेले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथ एमाले सांसदले नारावाजी सुरु गरेका हुन् । संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने जनाइन् ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेशसभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ । बैठक संचालनका लागि खासै प्रयास भने भएको छैन ।