June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानको मृत्यु

भैरहवा – रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानको मृत्यु भएको छ । मंगलबार राति रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए।

नेपाल पत्रकार महासंघ लुम्बिनीका सदस्य समेत रहेका चौहानले लुम्बिनी क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका थिए । चौहान ४ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

अवस्था गम्भीर भएसँगै युसिएमएसमा रिफर गरिएको थियो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पूर्व कार्यसमिति सदस्य समेत हुन्। ४९ वर्षीय चौहानका श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थायी बासिन्दा थिए ।

Advertisement