April 23, 2025, Wednesday
२०८२ बैशाख १०

मर्चवारमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

भैरहवा – चट्याङ लागेर रुपन्देहीमा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छन् । जिल्लाको मर्चवारी गाउँपालिका–३, रायपुरका अन्दाजी १५ वर्षीया श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ५ः३० बजे खेतबाट घाँँस काटेर फर्कने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । दुई जना घाँस काटेर फर्कदै थिए । मृतक यादवसँग सँगै रहेका ११ वर्षीया सन्तोष यादव घाइते भएका छन् ।

Advertisement

चट्याङका कारण मर्चवारी–१ का इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । घाइतेहरूको उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।