October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

कोरोनाबाट दाङ निवासी राप्रपा केन्द्रीय सदस्य मजगैयाको निधन

दाङ – राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । 

दाङको घोराही उपमहानगरपालिका-७, सौडियार बेलहरि निबासी ६७ वर्षीय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । 

कोभिडको  संक्रमणबाट बिरामी उनको केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो ।  उनको अस्पतालमा गएराति मजगैयाको निधन भएको जेठो छोरा बिनोद शर्माले बताए ।

Advertisement