October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

नदीले बगाउँदा दाङ र रुपन्देहीमा दुई वेपत्ता

भैरहवा– दाङ र रुपन्देहीमा नदीले बगाउँदा दुई जना वेपत्ता भएका छन् । रुपन्देहीमा दानव नदीले बगाएर ल्याएका दाउरा टिप्न जाँदा सम्मरीमाई–३, पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् ।

दाङमा बबई नदीले बगाउँदा दंगिशरण गाउँपनलिका–१ निवासी ५० वर्षका बामदेव देवकोटाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले दक्षिणी क्षेत्र मर्चवारबाट नदीमा बेपत्ता भएका युवाको खोजीका लागि स्थानीय र प्रहरी खटिएको बताए।

यता राप्ती नदीमा बेपत्ता भएको आशंकामा लमही– ७ निवासी ४५ बर्षका सुन्दरराम चौधरीको खोजी जारी छ।