June 12, 2025, Thursday
२०८२ जेष्ठ २९ बिहीबार

विपक्षीको बहिष्कारबीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

भैरहवा – प्रमुख विपक्षी दल नेकपा एमालेको बहिष्कारबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विपक्षीको उपस्थितिविनै सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गरेका थिए ।

बैठकको सुरुमै बोल्दै मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत मागेका थिए । आज दिउँसो १ बजे बसेको बैठक एमालेको विरोध र नाराबाजी पछि डेढ घण्टा स्थगित गरिएको थियो । दिउँसो साढे दुई बजे बोलाइएको बैठकमा केही विधेयक संसदमा पेस गरिएको थियो । तर विपक्षीका बैठकमा सहभागी भएनन् ।

Advertisement

त्यसपछि साढे तीन बजेका लागि बैठक बोलाइए पनि करिब चार बजेबाट संसद बैठक सुरु भएको हो । बैठकमा सत्तापक्षका प्रमुख सचेतकले मुख्यमन्त्रीको समर्थनमा मत दिन बताएका छन् । बैठकमा बोल्दै माओवादीका बसन्त घर्ती, काँग्रेसका फकरुद्दिन खाँन, राष्ट्रिय जनमोर्चाकी तारा जीसीले मसख्यमन्त्रीलाई विश्वासको मत दिने जनाए ।

छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री केसीले जवाफ दिइरहेका छन् । संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिन लागेका हुन् ।