April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सभामुख पदमा बस्न मिल्दैन : एमाले

बुटवल– नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदमा सिरहन नमिल्ने बताएको छ । सभामुखले पदअनुसारको आचरण नदेखाएको भन्दै एमालले पदमा आसिन रहीरहन उपर्युक्त नभएको जनाएको हो ।

Advertisement

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी एमालेले सभामुख घर्तीलाई तत्काल राजीनामा दिन भनेको छ । ‘उहाँले पदअनुसारको काम गर्नुभएन’, एमाले लुम्बिनी प्रदेशसभा सचेतक भूमिश्वर ढकालले भने, ‘त्यसैले राजीनामा दिनुपर्छ ।’

Advertisement

सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक–पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेको एमालेको आरोप छ । ‘नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेशसभा नियमावली, २०७४ को नियम १८० वमोजिम नीजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत् जानकारी गराउँछौ’, पत्रकार सम्मेलनमा एमालेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं एमाले सांसद बैजनाथ चौधरीले सभामुखले सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए । ‘सभामुले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाइदिन्छौं’, उनले भने ।

एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला कुमारी वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाए पनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो । सूर्य चिन्ह लिएर निर्वाचित शाहीले आफू स्वतन्त्र भएको दावी गर्दै आएका छन् । उनी लुम्बिनी सरकारको विना विभागी मन्त्री छन् । यस्तै, तत्कालीन नेकपाबाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेको बताउँदै एमालेको कारबाहीको अर्थ नभएको बताउँदै आएकी छन् ।

एमालेले भने सूर्य चिन्हबाट निर्वाचित भएकाले दुबै जनालाई पार्टीले कारबाही गरेकाले प्रदेशसभाले पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा सभामुले चासो दिएको बताएको हो ।

लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । एमालेले वली र शाहीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त नगर्दासम्म संसद् अवरुद्ध गर्ने र आन्दोलन जारी रहेको जनाएको छ । प्रदेशसभाले भने आज एमालेलाई पत्र लेख्दै वली र शाहीलाई कारबाही गर्न नमिल्ने बताएको छ ।