September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

आजदेखि लुम्बिनी प्रदेशसभाको दिउँदे अधिवेशन

बुटवल – आज लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक बस्दैछ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजको बैठकमा सम्बोधन गर्ने कार्यसूची राखिएको छ ।

Advertisement

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी यसअघि नवौं अधिवेशन आह्वान गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने बताइए पनि यसबारे गठबन्धनले केही प्रष्ट्याएको छैन । यद्यपि केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।

Advertisement

गठबन्धनका एक नेता भन्छन्, ‘मुख्यमन्त्री केसीले आज पनि विश्वासको मत लिन सक्नुहुन्छ । यदि आज भएन भने हिउँदे अधिवेशन शुरु भएको एक हप्ताभित्रै विश्वासको मत लिने सम्भावना छ ।’

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा केसी नियुक्त भएका थिए । नियुक्त भएको तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री केसीले पद सम्हालेपछि अधिवेशन शुरु हुनेबित्तिकै विश्वासको मत लिने बताएका थिए ।