April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन् ।

Advertisement

प्रदेश प्रमुख कार्यालयमा सपथ लिएपछि मुख्यमन्त्री कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । संविधानको धारा १६८(२) अनुसार चार दलको गठबन्धनको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Advertisement

नेकपा माओवादी केन्द्रका केसीले आज सँझ प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका थिए । मुख्यमन्त्री केसीले आजै ७ सदस्यीय मन्त्रिपरिषद पनि गठन गरिसकेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख शेरचनले सपथ गराएका थिए ।

संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसी ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन सहकार्यमा मुख्यमन्त्री बनेका हुन् ।