March 22, 2025, Saturday
२०८१ चैत्र १०

जवर्जस्ती करणी आरोपमा सम्मरीमाईका अध्यक्ष शुक्ल पक्राउ

भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । जबर्जस्ती करणी उद्योग गरेको आरोपमा अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ३० वर्षीय महिलाले करणी गरेको आरोप उनलाई लगाएकी हुन् । ती महिलाले जिल्ला प्रहरी कार्यालय, भैरहवामा आफूलाई अध्यक्ष शुक्लले जबर्जस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएकी थिइन् ।

महिलाको उजुरीका आधारमा शुक्ललाई आज दिउँसो दुई बजे पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । शुक्ललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।