July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लुम्बिनीका मुख्यमन्त्री केसीले लिए सपथ

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीदे सपथ लिएका छन् । माओवादी केन्द्रका सांसद केसीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

Advertisement

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन् ।

Advertisement

शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले आज दिउँसो नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । लगत्तै साँझ उनलाई सपथ गराइएको हो ।