January 23, 2025, Thursday
२०८१ माघ १०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दाङ – यहाँ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तुलसीपुरदेखि बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement

लमही-तुलसीपुर फोरलेन सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा पर्दा मोटरसाइकल दुर्घटना भएको हो ।

‘बिहान ५ बजे हामीलाई खबर आयो । घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौँ’ प्रहरी निरीक्षक झलक शर्माले भने, ‘शव राप्ती प्रादेशिक अस्पतालमा पुर्याएका छौँ ।’ यहाँ समयमै फोरलेन सडक नबन्दा दुर्घटनाको जोखिम बढेको हो । कति जनाले यही सडककै कारण ज्यान गुमाउनु परेको छ ।