October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

भैरहवा- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो ।

उनको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ। मत दिन्न भन्ने पक्षमा १ मत मात्रै परेको छ। आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।