January 25, 2025, Saturday
२०८१ माघ १३

इटाली बन्यो युरोकप च्याम्पियन

युरोकपको उपाधि इटालीले जितेको छ ।

वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ ।

Advertisement

५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।

दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औँ मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो ।

इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे ।