January 13, 2025, Monday
२०८१ माघ १

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी

भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

सोमबार सम्पन्न मतपरिणाम अनुसार कांग्रेस नेता पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । पाण्डेले प्रदेशसभाको २०१६ र स्थानीय तहको २१२४ गरी कूल ४ हजार १ सय ४० मतभारसहित विजयी भएका छन् । खड्काले प्रदेशसभाको १९२० र स्थानीय तहको १६९२ गरी कूल ३६१२ मतभार प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । 

सम्बन्धित समाचार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

नेपालगञ्ज उपमहानगका प्रमुख राणाले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन स्थानीय तहका प्रमुख अनुपस्थित