January 13, 2025, Monday
२०८१ माघ १

नागरिकता विधेयकले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँचः लेखक संघ

भैरहवा– प्रगतिशील लेखक संघले नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ प्रति ध्यानाकर्षण भएको जनाएको छ । संघमा आबद्ध बहुमत संख्यामा रहेका सल्लाहकार, केन्द्रिय सदस्य तथा पार्षदहरुले विज्ञप्ती निकाल्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी गरिएको अध्यादेशको दफा ३ को उपदफा (४) ले, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले बंशजको नागरिकता’ प्राप्त गर्ने तथा उपदफा (५) ले, ‘बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई’ बंशजको नागरिकता दिने प्रावधानले देशको राष्ट्रियता तथा सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँच पुग्ने संघको ठहर छ ।

Advertisement

अध्यादेशले २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्म भएका अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने सम्बन्धी व्यवस्था गरेको छ । ‘वि.स. २०१९ र २०४६ साल चैत्र मसान्तलाई आधार वर्ष मानी जन्मका आधारमा दुई–दुई पटक नागरिकता वितरण गरिएकोमा लाखौँ गैरनेपालीले नेपाली नागरिकता लिन सफल भएको तितो यथार्थतालाई हामीले बिर्सनु हुँदैन’, विज्ञप्तीमा उल्लेख छ ।

कुनै पनि मुलुकले पटक–पटक आधार वर्ष बनाएर विदेशी नागरिकलाई आफ्नो मुलुकको नागरिकता वितरण गरेको नपाइने संघले जनाएको छ । ‘तर हाम्रो देशमा सत्ता स्वार्थको संरक्षणका लागि नागरिकतालाई सत्तामा पुग्ने औजारका रुपमा प्रयोग गरेर राष्ट्रियताको सौदाबाजी गर्ने काम भैरहेको छ । नेपालको संविधानमा पटकपटक हस्तक्षेप गर्दै नागरिकताको सन्दर्भमा राष्ट्रघात हुँदै आएको छ । अहिले त झनै खतरनाक प्रकारले अध्यादेश जारी भएको छ । यो अध्यादेश खारेज नगरिएमा आप्रवासीहरुको जनसंख्याले नेपालको वास्तविक जनसंख्यालाई अतिक्रमण गर्ने छ’, विज्ञप्तीमा भनिएको छ ।

यसको परिणाम स्वयं मधेसी भूमि पुत्रहरु त्यसका साथै सम्पूर्ण वास्तविक नेपालीहरु आफ्नो मुलुकभित्रै अल्पमतमा पर्ने खतरा पैदा हुने संघले जनाएको छ । ‘नेपालको नागरिकता सम्बन्धी नीति थप खुकुलो बनाउन भारतले लगातार नेपालमाथि दबाब दिंदै आएको छ । नेपालको राजनीतिक सङ्कटको फाइदा उठाएर भारतले ओली सरकारलाई प्रयोग गरेर गैह्र नेपालीहरुलाई नागरिकता प्राप्त गर्न बाटो अध्यादेशद्वारा खोल्न सफल भएको छ’, संघले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेका संघको ठहर छ । ‘नागरिकता सम्बन्धी राष्ट्रघाती अध्यादेशले मुलुकलाई दीर्घकालीन रुपमा व्यापक र गम्भीर असर पुर्याउने भएकाले यसको खारेजीको माग गर्दछौँ । नेपालको संविधानमा नै नागरिकता सन्दर्भमा त्रुटीपूर्ण प्रावधानहरु छन् । त्यसलाई सच्याउँदै अध्यादेशको खारेजीका लागि चल्ने न्यायपूर्ण आन्दोलनहरुप्रति ऐक्यवद्धता प्रकट गर्दछौं’, संघको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सहमति जनाउने ६५ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो छ–
१. गोपीरमण उपाध्याय, उपाध्यक्ष
२. समीर सिंह, महासचिव
३.आर.सी.न्यौपाने, उपमहासचिव
४. प्रकाश थापामगर, सचिव
५. बाबुराम आचार्य, सचिव
६. मातृका पोखरेल, सल्लाहकार
७. अमर गिरी, सल्लाहकार
८. रामप्रकाश पुरी, सल्लाहकार
९. डा. बिन्दु शर्मा, सल्लाहकार
१०. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
११. डा. कृष्णराज अधिकारी, सल्लाहकार
१२. आरएम डङ्गोल, सल्लाहकार
१३. मिश्र बैजयन्ती, सल्लाहकार
१४. डा. पुष्करराज भट्ट, सल्लाहकार
१५. इन्द्र रेग्मी, सल्लाहकार
१६. भेषमान गिरी, सल्लाहकार
१७. डा. गोविन्द आचार्य, सल्लाहकार
१८. तेजेन्द्र प्रसाई, सल्लाहकार
१९. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
२०. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
२१. गिरिप्रसाद बुढा, सचिवालय सदस्य
२२. जनक रसिक, सचिवालय सदस्य
२३. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य
२४. इन्द्र लामा, केन्द्रीय सदस्य
२५. नारायण मरासिनी, केन्द्रीय सदस्य
२६. बम बानियाँ, केन्द्रीय सदस्य
२७. नरेश न्यौपाने, केन्द्रीय सदस्य
२८. मिन राना, केन्द्रीय सदस्य
२९. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
३०. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
३१. राजेश विक, केन्द्रीय सदस्य
३२. प्रदीप प्रधान, केन्द्रीय सदस्य
३३. जीवन शाही, केन्द्रीय सदस्य
३४. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
३५. कमल कार्की, केन्द्रीय सदस्य
३६. पुरु लम्साल, केन्द्रीय सदस्य
३७. डा.बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
३८. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
३९. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
४०. बोधकुमार घिमिरे, परिषद् सदस्य
४१. सुवास खनाल, परिषद् सदस्य
४२. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
४३. कौशिला रिसाल, परिषद् सदस्य
४४. सुभास जिसी, परिषद् सदस्य
४५. हेमराज आश्रम, परिषद् सदस्य
४६. विजय राणा, परिषद् सदस्य
४७. बिनु केसी, परिषद् सदस्य
४८. केशवनाथ योगी, परिषद् सदस्य
४९. राम बसु, परिषद् सदस्य
५०. ऋतु केसी, परिषद् सदस्य
५१. ध्रुव गिरी, परिषद् सदस्य
५२. धर्मराज दानी, परिषद् सदस्य
५३. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य
५४. जगत् वाशिष्ठ, परिषद् सदस्य
५५. बाबा बस्नेत, परिषद् सदस्य
५६. यादवी ढकाल, परिषद् सदस्य
५७. शेखर अर्याल, परिषद् सदस्य
५८. प्रेमिला राई, परिषद् सदस्य
५९. रामबहादुर घिसिङ, परिषद् सदस्य
६०. धनकुटे कान्छा, परिषद् सदस्य
६१. गणेशकुमार राई, परिषद सदस्य
६२. कृष्ण किशु, परिषद् सदस्य
६३. कल्याण ओझा, परिषद् सदस्य
६४. यादवराज उपाध्याय, परिषद सदस्य
६५. सुवास रिजाल, परिषद सदस्य