April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बाँके र भैरहवामा उपचाररत थप १३ संक्रमितको मृत्यु

भैरहवा/बाँके– रुपन्देहीको भैरहवा र बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत ८ जना र भैरहवाका दुई अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो ।

Advertisement

भैरहवाको भीम अस्पतालमा चार जना र युनिभर्सल शिक्षण अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो । भीममा कपिलबस्तुको शिवराज नगरपालिकास्थित समितिचोक निवासी २३ वर्षीय एक युवक, रुपन्देहीको सैनामैना ननगरपालिका–२ का ७० वर्षीय, सैनामैना–१ का ४६ वर्षीय, सिद्धार्थनगर ननगरपालिका–१ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Advertisement

कपिलवस्तुका २३ वर्षीय ती युवक गत बैशाख ३१ गतेदेखि भेन्टिलेटरमा उपचाररत थिए । युनिभर्सल अस्पतालमा सिद्धार्थनगर ननगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यता बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कैलाली जानकी गाउँपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीया महिलाको भेरीमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५५ वर्षीया महिलाको भेरीमा नै मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ५६ वर्षीया महिलाको पनि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

यस्तै, बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ७३ वर्षीया महिलाको पनि भेरीमै उपचारका क्रममा मृत्यु भएको छ ।