May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

भैरहवामा थप पाँच संक्रमितको मृत्यु

भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित दुई अस्पतालमा उपचार गराइरहेका थप पाँच जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

Advertisement

भीम अस्पतालमा चार जना पुरुष र युनिभर्सल शिक्षण अस्पतालमा एक जना महिलाको मृत्यु भएको हो ।

भीममा सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय, सिद्धार्थनगर–२ का ७८ वर्षीय, रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५० वर्षीय र कपिलबस्तु नगरपालिका–१ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले बताए ।

यस्तै, युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।