बाँकेमा उपचाररत ६ संक्रमितको मृत्यु


बाँके– बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका उनीहरुको मृत्यु भएको हो ।
मृतक बर्दियाका चार र दाङका दुईजना छन् । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६ः३० देखि सोमबार बिहान ९ः३० बजेसम्मको रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओली बताए ।
उनकाअनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको हो । उनमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै सोमबार बिहान १ बजे मृत्यु भएको छ ।
बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः१५ बजे मृत्यु भएको हो । बर्दियाकै बढैयाताल गाउँपालिका–२ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार राति ८ः४० बजे र लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति १२ः४५ बजे मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस्