April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भैरहवामा कोरोनाबाट सातको मृत्यु, एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै गयो ज्यान

भैरहवा- भैरहवाको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पतालमा उपचाररत ७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

Advertisement

ती अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा सात जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो भने एकजनाको उपचारका लागि अस्पतालमा ल्याउने क्रममा बाटोमै ज्यान गएको छ । भीममा ६ र मेडिकल कलेजमा १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement

भीम अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलका अनुसार, मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–६ का ५७ वर्षीया पुरुष, गैडहवा गाउँपालिका–३ का ६५ वर्षीय पुरुष, सिद्धार्थनगर नगरपालिका–१ का ४५ वर्षीय पुरुष, रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ का ४१ वर्षीया महिला र रुपन्देहीको कोटहीमाइ गाउपालिका–४ का ४४ वर्षीय पुरुष छन् ।

कोभिड संक्रमणबाट युनिभर्सल शिक्षण अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–१४ की ७८ वर्षीया महिलाको राति १२ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा ल्याउने क्रममा रुपन्देहीको मायादेवी गाउँपालिका–७ का ३२ वर्षीय पुरुषको बाटोमैं मृत्यु भएको छ । भीम अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो । उनको कोरोना परीक्षण भने भएको थिएन । अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाले परीक्षण नभएको अस्पतालले जनाएको छ ।