January 23, 2025, Thursday
२०८१ माघ १०

आज मदन-आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि घटनाबारे सत्यतथ्य बाहिर आएन

भैरहवा, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस । कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ ।

एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमाथि माल्यापर्ण गरेका छन् ।

Advertisement

एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले प्रधामन्त्री ओलीले बल्खु पुगेर मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेको जानकारी दिए।

भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेका थिए।

छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिन पछि भेटिएको थियो।

‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । पटक पटक एमाले सरकार बने पनि एमाले आफैले छानविनमा खासै ध्यान दिएको छैन । २८ वर्षसम्म पनि घटनाबारे यथार्थ बाहिर नल्याएको भन्दै एमाले कार्यकर्ताहरु आफ्नै सरकारको आलोचना गर्दै आएका छन् । पार्टी सरकारमा भएका बेला तदारुकता देखाउने हो भने घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिने एमाले कार्यकर्ताको विश्लेषण छ ।