दाङ र बाँकेमा उपचाररत १४ संक्रमितको मृत्यु


बाँके/दाङ, वैशाख ३१ । लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लामा गरी कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
बाँके जिल्लाका विभिन्न अस्पतालमा ८ जना र दाङका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्यान र कैलालीका छन् । यी सबैको बिहीबार साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म मृत्यु भएको ओलीले बताए ।
उनकाअनुसार भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१, बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १ः१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर, बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्यु भएको छ ।
यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९, कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६ः१० बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१, सल्यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७ः३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।
कोरोना संक्रमणबाट योसँगै बाँके जिल्लाभित्रका २ सय २२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय ६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना छन् । यीमध्ये पाँचको संस्थागत आइसोलेशन र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको हो ।
तुलसीपुरस्थित मेट्रोसिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष वडा नम्बर १२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
यता कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई संक्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको बिहीबर बिहान १ः०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।
उनकाअनुसार तुलसीपुर–९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ः०० बजेतिर मृत्यु भएको हो । यस्तै होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट दाङमा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्